बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

सर्लाही–४ मा गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह विजयी

आइतबार, फाल्गुन २४ २०८२

सर्लाही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार सिंहले ३५ हजार ६८८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३८ मत प्राप्त गरेका छन्। रास्वपाका सिंहले मतगणनाको प्रारम्भदेखि नै अग्रता कायम राखेका थिए।

निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेका अनुसार नेकपा (एमाले)का उम्मेदवार अमनिशकुमार यादवले नौ हजार ३४३, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार रजनिश राय यादवले एक हजार ४०१ र जनमत पार्टीका उम्मेदवार राकेश मिश्राले एक हजार ५७२ मत प्राप्त गरेका छन्।

एक लाख २१ हजार १२ जना मतदाता रहेको यस क्षेत्रमा ७७ हजार ९३१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।