बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपाको लहर, ३१ क्षेत्रमा जित

शनिबार, फाल्गुन २३ २०८२

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेखनीय प्रदर्शन गर्दै देशभर लहर देखाएको छ। शनिबार बिहान ११ बजेसम्म रास्वपाले ३१ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने ८७ क्षेत्रमा अग्रता कायम गरेको छ।

त्यसैगरी नेपाली कांग्रेसले ५ क्षेत्रमा जित निकाल्दा १० स्थानमा अग्रता कायम गरेको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भने २ क्षेत्रमा विजयी भएको छ भने ९ क्षेत्रमा अगाडि रहेको छ।

नेकपा (एमाले)ले हालसम्म २ क्षेत्रमा विजय हासिल गरेको छ भने ९ क्षेत्रमा अग्रता बनाएको छ। यता हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि ५ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ।

देशभर मतगणना कार्य जारी रहेकाले परिणाम क्रमशः सार्वजनिक हुँदै गएको निर्वाचन आयोगले जनाएको छ।