मोरङ । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले अग्रता लिएका छन्। उनले ५५४ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ३३६ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश कार्कीले २९५ मत प्राप्त गरेका छन्।
यो निर्वाचन क्षेत्रमा एक लाख ५८ हजार ५७ मतदाता कायम रहेका थिए भने ९६ हजार ६७७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।