बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

काठमाडौँ–६ र ८ मा रास्वपाको अग्रता कायम

शुक्रबार, फाल्गुन २२ २०८२

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र–६ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायम रहेको निर्वाचन अधिकृतले जानकारी दिएका छन्।

काठमाडौँ क्षेत्र–६ मा रास्वपाका उम्मेदवार शिशिर खनालले चार हजार २९२ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। निर्वाचन अधिकृत चपला पोखरेलका अनुसार नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले एक हजार १८० र नेकपा (एमाले) का अमनकुमार मास्केले एक हजार ८६ मत प्राप्त गरेका छन्।

त्यसैगरी काठमाडौँ क्षेत्र–८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता कायम राखेका छन्। उहाँले सात हजार ६१७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत स्मरणा खनालले जानकारी दिनुभयो।

यसैगरी नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले ९३८ र नेपाली कांग्रेसकी सपना राजभण्डारीले ८९३ मत प्राप्त गरेका छन्।

मतगणना अझै जारी रहेको निर्वाचन अधिकृतले बताए।