बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

रुकुम पूर्व–प्रचण्डको फराकिलो अग्रता

शुक्रबार, फाल्गुन २२ २०८२

रुकुम पूर्व । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो मतान्तरसहित अग्रता कायम गरेका छन्।

हालसम्म गणना अनुसार प्रचण्डले २ हजार ६३५ मत प्राप्त गरेका छन्। उनलाई नेकपा (एमाले) का उम्मेदवार लीलामणि गौतमले पछ्याएका छन्, जसले ४३१ मत प्राप्त गरेका छन्।

यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार कुमदेवी थापाले ४१७ मत प्राप्त गरेकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लखन कुमार थापाले १७६ मत प्राप्त गरेका छन् भने प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दिप पुनले ३५ मत प्राप्त गरेका छन्।

रुकुम पूर्वमा मतगणना अझै जारी रहेको निर्वाचन अधिकृतले बताएका छन्।