भरतपुर । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फराकिलो अग्रता लिएका छन्।
हालसम्म ६ हजार ६ सय २३ मत गणना हुँदा लामिछानेले २ हजार ८ सय १ मत प्राप्त गर्दै अग्रस्थान कायम राखेका छन्।
उनलाई पछ्याउँदै नेकपा (एमाले)का उम्मेदवार अस्मिन घिमिरे दोस्रो स्थानमा रहेका छन्। उनले १ हजार २ सय ५९ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले १ हजार १ सय ५१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी मिना खरेलले ९ सय १६ मत प्राप्त गरेकी छन्।
चितवन–२ मा मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।