दाङ । निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुआती अग्रता लिएको छ।
उक्त पार्टीका उम्मेदवार देवराज पाठकले एक हजार ५१५ मत प्राप्त गर्दै अग्रता लिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार नेपाली कांग्रेसका योगेन्द्र चौधरीले २९२ र नेकपा (एमाले)का रेवतीरमण घिमिरेले २२० मत प्राप्त गरेका छन् ।
मतगणना अझै जारी रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।