झापा । झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणनाको नतिजा सार्वजनिक भएको छ।
प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन्। हालसम्म कूल १ हजार ४०० मत गणना हुँदा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत प्राप्त गरेका छन्।
पाँच निर्वाचन क्षेत्र रहेको झापा यसपटकको प्रतिनिधिसभा निर्वाचनको प्रमुख ‘इपिसेन्टर’ का रूपमा हेरिएको छ।
कमल गाउँपालिका अन्तर्गत बासवारी माध्यमिक विद्यालय (क–ख) र गौरादहस्थित मोति माध्यमिक विद्यालय (क–ख) बाट मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रारम्भिक परिणाम सार्वजनिक भएसँगै झापा–५ को प्रतिस्पर्धा थप चासोको विषय बनेको छ भने आगामी गणनाले अन्तिम नतिजा कसको पक्षमा जाने भन्ने कुरामा सबैको ध्यान केन्द्रित भएको छ।