बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

एमाले अध्यक्ष ओलीले गरे भक्तपुरको बालकोटमा मतदान

बिहिबार, फाल्गुन २१ २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओलीले बिहीबार बिहान भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार समेत हुन् ।

आज प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० सिटका लागि मतदान भइरहेको छ। देशभर मतदान कार्य जारी रहेको छ।