बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् काठमाडौं–५ मा मतदान

बिहिबार, फाल्गुन २१ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आफ्नो मताधिकार प्रयोग गरेकी छन्।

उनले काठमाडौं जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत धापासी निम्न माध्यमिक विद्यालय, फैमालचुलीस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन्।

मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताइन् । तपाईंको नेतृत्वमा निर्वाचन हुँदैछ भन्ने प्रश्नको जवाफमा उनले भनिन्, “मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु ।”