काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आज प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आफ्नो मताधिकार प्रयोग गरेका छन् ।
उनले काठमाडौँ क्षेत्र नम्बर ३ अन्तर्गत रहेको जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
घिसिङ सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार रहेका छन् ।
काठमाडौँ क्षेत्र नम्बर ३ मा कुल ६४ हजार ४७९ मतदाता कायम रहेका छन्।