बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

देशभर मतदान सुरु, साँझ ५ बजेसम्म मतदान गर्न पाइने

बिहिबार, फाल्गुन २१ २०८२

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ।

यस निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्रका लागि मतदान भइरहेको छ भने समानुपातिक प्रणालीतर्फ ११० सिटका लागि प्रतिस्पर्धा हुँदैछ।

प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिन्हमार्फत ६५ राजनीतिक दल चुनावी मैदानमा उत्रिएका छन्। यस प्रणालीअन्तर्गत तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमा तीन हजार १७ पुरुष, ३८८ महिला र एक जना अन्य उम्मेदवार रहेका छन्।

त्यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्ये एक हजार ३६३ पुरुष र एक हजार १,७७२ महिला उम्मेदवार रहेका छन्।

यस पटकको निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्। मतदातामध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य मतदाता रहेका छन्।

देशभर शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान प्रक्रिया सञ्चालन भइरहेको सम्बन्धित निकायहरूले जनाएका छन्।