बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

आजको मौसम : तराईमा हुस्सु, पहाडमा आंशिक बदली

बुधबार, फाल्गुन २० २०८२

काठमाडौँ । हाल देशमा उपल्लो वायुमण्डलमा विकसित उच्च चापीय प्रणालीको प्रभाव कायम रहेको छ। यसका कारण देशका विभिन्न भागमा मौसम फरक–फरक प्रकृतिको देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भएको छ। ती क्षेत्रसहित देशका अन्य भूभागमा तुवाँलो लागेको छ।

आज दिउँसो तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।

आज राति पनि तराईका केही क्षेत्रमा तुवाँलो रहने अनुमान गरिएको छ। महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।