काठमाडौँ । राष्ट्रियसभाको चालू अधिवेशन फागुन १ गतेदेखि अन्त्य भएको छ।
मन्त्रिपरिषद्को माघ २६ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडैलले अधिवेशन फागुन १ गते मध्यरातदेखि लागू हुने गरी अन्त्य गर्ने निर्णय गर्नु भएको हो।
यसअघि, चालू राष्ट्रियसभाको अधिवेशन माघ ४ गते आह्वान गरिएको थियो।
