काठमाडौँ । आज विश्व क्यान्सर दिवस मनाइँदै छ। क्यान्सरप्रति जनचेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान तथा उपचारमा जोड दिने उद्देश्यले हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर विभिन्न चेतनामूलक कार्यक्रमसहित यो दिवस मनाउने गरिन्छ।
सन् २००० मा फ्रान्सको पेरिसमा सम्पन्न ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पश्चात् विश्व क्यान्सर दिवस मनाउन थालिएको हो।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार हरेक वर्ष विश्वभर करिब १० लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेको छ। धूमपान, तमाखु सेवन तथा अस्वस्थ जीवनशैली क्यान्सरका प्रमुख कारणका रूपमा रहेका छन्।