शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पूर्वमन्त्री जितेन्द्र देवले फेरि छाडे एमाले

सोमबार, माघ १९ २०८२

काठमाडौं । संविधान सभा सदस्य एवम् पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले पार्टी परित्याग गरेका छन्। उनले सोमबार विज्ञप्ति जारी गर्दै एमालेबाट अलग भएको जानकारी दिएका हुन्।

विज्ञप्तिमा पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतर्फ लैजाने प्रवृत्ति हावी हुँदै गएको, साथै स्वेच्छाचारी र विभेदकारी ढङ्गले सञ्चालन गर्ने विचार, नीति र व्यवहारसँग असहमति जनाउँदै पार्टी परित्याग गरेको उल्लेख गरिएको छ।

सप्तरी निवासी देव लामो समय एमालेको राजनीतिमा सक्रिय थिए। पछि उनले एमाले परित्याग गरी विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए, जहाँबाट उनी संविधान सभा सदस्य बनेका थिए।

फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा विलय भएपछि देव पनि कांग्रेसमा आबद्ध भएका थिए। सोही पार्टीबाट उनी राष्ट्रियसभा सदस्यसमेत भएका थिए।

२० फागुन २०८० मा राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि देव १७ असार २०८१ मा पुनः एमालेमा फर्किएका थिए। तर करिब केही समयमै उनले फेरि एमाले परित्याग गरेका हुन्।