काठमाडौं । प्रभु बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब एक करोड ४४ लाख ५७ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले एक अर्ब ३३ करोड ६१ लाख ३८ हजार रुपैंयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैंयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासमा तीन खर्ब ४० अर्ब ७३ करोड ७३ लाख २० हजार रुपैंयाँ निक्षेप संकलन गरी दुई खर्ब २७ अर्ब ३२ करोड ११ लाख ७४ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ८९ करोड ४० लाख रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले तीन खर्ब ४२ अर्ब १८ करोड ८५ लाख ४० हजार रुपैंयाँ निक्षेप संकलन गरी दुई खर्ब २५ अर्ब ४५ करोड ५९ लाख २३ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ८६ करोड ७९ लाख पाँच हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।