शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नेपालगञ्ज पुगे बालेन, विमानस्थलमा समर्थकको भीड (तस्वीरसहित)

सोमबार, माघ १२ २०८२

काठमाडौं । चुनावी अभियानका क्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सुदूरपश्चिम दौडाहाका लागि नेपालगञ्ज पुगेका छन्। नेपालगञ्ज विमानस्थलमा उनको स्वागतका लागि ठूलो संख्यामा समर्थकको भीड लागेको थियो।

पूर्वी नेपालमा एक चरणको चुनावी अभियान सम्पन्न गरेर बालेन पश्चिमतर्फ लागेका हुन्। उनी बाँकेदेखि पश्चिमका विभिन्न जिल्लाहरूमा पुगेर चुनावी कार्यक्रमहरूमा सहभागी हुने कार्यतालिका रहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ, जसका कारण उनको दौडाहालाई विशेष चासोका साथ हेरिएको छ।