शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री कार्कीले भनिन्ः जेनजी शहीद परिवारसँग भएको सहमति पूर्णरुपमा कार्यान्वयन हुन्छ

शुक्रबार, माघ २ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका शहीद परिवारसँग भएको सहमति पूर्णरुपमा कार्यान्वयन हुने स्पष्ट पारेकी छन् ।

शुक्रबार सिंहदरबारमा जेन-जी आन्दोलनका शहीद परिवारसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले यसअघि भएको सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेकाले कुनै आशङ्का नगर्न आग्रह समेत गरिन् ।

त्यस्तै उनले शहीद परिवारसँगको भेटमा सहभागी भएका सरकारका मन्त्री र मातहतका निकायलाई शहीद परिवारसँग भएको सहमति अनुसार बाँकी कार्य पुरा गर्न निर्देशन समेत दिएकी थिइन् ।

प्रधानमन्त्री कार्कीले वर्तमान सरकार जेन-जी आन्दोलनको म्याण्डेड अनुसार निर्माण भएकाले उनीहरूका विषयलाई सरकारले सदैव प्राथमिकतामा राख्ने बताएकी थिइन् ।