शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

नेशनल लाईफ इन्स्योरेन्सको ३८ औं बार्षिक साधारण सभा सम्पन्न

बुधबार, पुष ३० २०८२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले यही मंसिर ३० गते बुधबार कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभामा अध्यक्षले समिक्षा वर्ष २०८१/८२ मा विविध चुनौतिको वावजुद विश्व अर्थतन्त्र लचिलो स्थितिमा नै रहेको र कोभिड महामारी एवं भुराजनैतिक कारणले बढेको विश्व मुद«ा स्थिति अहिले आएर घट्ने क्रममा रहेको कारणले विश्वका अधिकांश केन्द«ीय बैंकहरुले लचिलो मौद्रिक नीति अवलम्बन गरेको बताईन । नेपालको राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धि दर चार दशमलव ६१ प्रतिशत रहेको अनुमान भएतापनि आ.व. २०८२/८३ मा बढ्दो राजनैतिक एंव सामाजिक अनिश्चिन्तताको कारणले वृद्धिदरमा संकुचनमा जान सक्ने आकलन गरिएको अवस्थामा आ.व.२०८१/०८२ मा कम्पनीको ब्यवसाय सन्तोषनजनक रहेको अध्यक्ष सिंहले जानकारी दिईन । कम्पनीको कूल बीमाशुल्क १० दशमलव २६ प्रतिशतले बढेर २,२५९.३७ करोड पुगेको छ । समिक्षा वर्षको संचालनवाट जम्मा रु.१,४९८.५९ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १८.८३ प्रतिशतले बृद्धि भई वर्षान्तमा रु.९,४५८.७७ करोड पुगेको छ । यसै गरी कम्पनीले समीक्षा वर्षमा मृत्यु दावी, अवधि समाप्ती एवं आंशिक अवधि समाप्ती दावी, सर्मपण मूल्य, दावी एंव अन्य दावी भुक्तानीमा रु. ९४८.६५ करोड दावी भुक्तानी गरेको छ ।

कम्पनीले आफ्ना सबै लगानी योग्य रकमहरु श्री नेपाल बीमा प्राधिकरणबाट निर्देशित क्षेत्र भित्र रहेर पारदर्शीता एवं प्रतिफलको हिसाबले अधिकतम दीर्घकालिन लगानीका औजारहरुमा लगानी गर्दै आएको र यसबाट बीमितहरुको अधिकतम् हित संरक्षण हुनेमा कम्पनी विश्वस्त रहेको छ । कम्पनीको कूल लगानी समिक्षा वर्षमा ११.०४ प्रतिशतले बृद्धि भई वर्षान्तमा रु.७,७९०.२० करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आ.व.२०८१/०८२ मा सो दर ८.७६ प्रतिशत कायम रहेको छ ।

कम्पनीले आफ्नो लगानी विविधिकरण गर्न प्रयासरत रहेको र सोही क्रममा कम्पनीले आ.व.२०८२÷०८३ मा हिमालयन बैंक लि. को २,८०,१२,४४७.४५ कित्ता संस्थापक शेयर रु.३,३३,०१,१९,७५२/८५ मा खरीद गरेको र उक्त बैंकमा कम्पनीको शेयर स्वामित्व हिस्सा १३ दशमलव ६१ प्रतिशत पुगेको छ । यसै गरी कम्पनीले मर्चेण्ट बैंकरको रुपमा प्रवर्धन गरेको सहायक कम्पनी नेशनल क्यापिटल लि.ले आवश्यक ईजाजतपत्र प्राप्त गरी संचालनमा आएको छ र आ.व.२०८१÷०८२ को लागि पहिलो पल्ट ७ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले आफ्नो ईटहरी शाखाको लागि आफ्नो स्वांमित्वमा रहेको जग्गामा नयां आधुनिक ब्यापारिक भवन निर्माण प्रकृया पनि अगी बढाएको छ । कम्पनीलाई प्रविधि मैत्री बनाउन यथा शक्य लगानी भैरहेको छ । यसैगरी कम्पनीमा कर्मचारीहरुलाई प्रशिक्षित गर्न आवश्यक प्राविधिक तालिम प्रदान गर्नमा कम्पनी केन्दि«त रहेको छ ।

कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशन अनुसार खूद नाफाको १ प्रतिशत बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व शीर्षक अन्तर्गत कम्पनीले विशेष गरी स्वास्थय र शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ । यसै सन्दर्भमा समिक्षा वर्षमा कम्पनीले “प्रधानमन्त्री दैबी प्रकोप राहत कोष”मा रु. २५ लाख र केटाकेटीको स्वास्थ्य उपचार सम्बन्धि परियोजनाको लागि प्बतजmबलमग क्ष्लकतष्तगतभ या ऋजष्मि ज्भबतिज संस्थालाई रु.२५ लाख समेत गरी कूल रु.७०,२५,५०० आर्थिक सहयोग प्रदान गरेको छ ।

सभाले आ.व. २०८१÷०८२ को लागि कम्पनीको अद्यावधिक चुक्ता पूँजी रु.५,४७,२७,३९,७३६ को ८.५ प्रतिशतका दरले नगद लाभांश रु.४६,५१,८२,८७८ र ४ प्रतिशतका दरले वोनस शेयर लाभांश रु.२१,८९,०९,५८९ र साथै उक्त नगद एवं वोनस लाभांशमा कर प्रयोजनको लागि रु.३,६०,०४,८६७ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु.५ अरब पु¥याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हाल कायम रहेको चुक्ता पूँजी रु.५,४७,२७,३९,७३६ मा ४ प्रतिशतको वोनस शेयर थप भई कूल चुक्ता पूँजी रु.५,६९,१६,४९,३२५ पुगेको छ।

सभामा अध्यक्षज्य सिंहले आउने दिनहरुमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मूख्य बीमकको रुपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमीका निर्वाह गरिरहने विश्वास ब्यक्त गरिन ।