बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एनएमबि बैंकको ३० औं बार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, पुष २५ २०८२

काठमाडौं । एनएमबि बैंकको ३० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा बिहीबार, त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेल, काठमाण्डौंमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष, मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न गरिएको छ । सो अवसरमा सहभागी शेयरधनीहरूले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै बैंकका विविध पक्षमाथि छलफल गरेका थिए ।

सभाले आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको पाँच प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, बैंकले २०८२ आषाढ मसान्तसम्ममा दुई अर्ब ८५ करोड खुद नाफा आर्जन गर्नुका साथै दुई खर्ब ८३ अर्ब ६५ करोड रुपैंयाँ निक्षेप संकलन गरी दुई खर्ब ४३ अर्ब तीन करोड रुपैंयाँ कर्जा प्रवाह गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले हाल देशभरी दुई सय दुई वटा शाखा, एक सय ८४ वटा एटिएम र नौं वटा एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।