शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

तनहुँ २ मा शङ्कर पन्तले टिकट पाउने सम्भावना

बुधबार, पुष २३ २०८२

तनहुँ । सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका तनहुँका शङ्कर पन्त सांसद वन्ने इच्छा जनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बाट तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उम्मेदवारमा पन्तले आकाक्षा व्यक्त गरेका छन् ।

पार्टीभित्र सुरुवातदेखि नै सक्रिय रूपमा आबद्ध पन्त हाल रास्वपाको गण्डकी प्रदेश प्रवक्ताको जिम्मेवारीमा रहेका छन् ।

पन्त सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै विभिन्न सामाजिक अभियान, जनहितका कार्यक्रम र स्थानीय समस्याको समाधानमा योगदान दिँदै आएका छन्।

कैन्द्रका पनि पन्तको रवि लामिछानेसगँ राम्रो सम्वन्ध रहेका कारण उनले टिकट पाउने उनी निकटस्तथहरुको भनाई छ । पन्त लामो समय देखी गीत संगीत क्षेत्रमा समेत आबद्ध छन् ।

पार्टी निर्माणदेखि नै निरन्तर सक्रिय रहँदै संगठन विस्तार, नीति प्रवर्द्धन र जनसम्पर्कमा भूमिका खेलेका पन्तले तनहुँ९२ को भूगोल, सामाजिक संरचना र स्थानीय आवश्यकता राम्रोसँग बुझेकाले आफ्नो दावेदारी रहेको बताए ।

पन्तले राजनीतिमा नयाँ सोच, पारदर्शिता र उत्तरदायित्व स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको बताए ।