मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

एनसेलले फोरजी नेटवर्कमा सुधार गर्दै २५० नयाँ टावर स्थापना

शनिबार, पुष १९ २०८२

एनसेलले गत वर्ष आफ्नो फोरजी नेटवर्कमा ठूलो विस्तार गर्दै देशभर २५० नयाँ टावर स्थापना गरेको छ। साथै, २,२०० साइटमा क्षमता अभिवृद्धि गरी ग्राहकहरूले उच्च गुणस्तरीय भ्वाइस र तेज डेटा सेवाको फाइदा लिन सक्ने भएका छन्।

सातै प्रदेशका विभिन्न स्थानीय तहहरूमा नयाँ टावर स्थापना गरिएका छन्। मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशमा विशेष ध्यान दिइएको छ। कर्णाली प्रदेशमा दैलेख, रुकुम पश्चिम र सल्यानका ठाउँमा, सुदूरपश्चिम प्रदेशमा डोटी, कैलाली र कञ्चनपुरमा, र मधेश प्रदेशमा सिराहा, सप्तरी र धनुषाका दर्जनौं स्थानमा नयाँ टावर सञ्चालनमा आएका छन्।

जनकपुर उपमहानगरपालिका वडा नं। १७ की अनिशा मण्डलले भने, “अहिले त घरभित्रै पनि धेरै राम्रो नेट टिप्छ। मोबाइल र नेट बिना अध्ययन र परिवारसँग सम्पर्क गर्न कठिन हुन्छ।”

कुल २५० टावरमध्ये १९७ टावर पछिल्लो दुई महिनामा स्थापना गरिएका हुन् भने बाँकी ५३ टावर स्टक र स्पेयर उपकरणको प्रयोग गरी सञ्चालनमा ल्याइएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको सहजीकरणपछि कम्पनीले टावर स्थापना काम तीव्र बनाएको थियो।

एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, “देशभर थपिएका यी नयाँ टावर र क्षमता अभिवृद्धिले ग्राहकहरूलाई गुणस्तरीय भ्वाइस र मोबाइल ब्रोडब्यान्ड पहुँच अझ व्यापक बनाएको छ। यो केवल गति मात्र होइन, भरोसा, अवसर र डिजिटल दुनियाँमा पहुँचको विषय हो।”

प्रदेशगत हिसाबमा हेर्दा, मधेश प्रदेशमा १०० भन्दा बढी नयाँ टावर, लुम्बिनीमा ४० भन्दा बढी, र कोशी प्रदेशमा ३५ भन्दा बढी टावर स्थापना गरिएका छन्। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि टावर विस्तार गरिएको छ।