शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

हुन्डाईको ५७औँ वार्षिकोत्सव सम्पन्न

मंगलबार, पुष १५ २०८२

हुन्डाई मोटर कम्पनीले नवीनता, गुणस्तर र ग्राहक–केन्द्रित डिजाइनमार्फत गतिशीलताको भविष्य निर्माण गर्दै आएको ५७ वर्षको सफल यात्रा पूरा गरेको अवसरमा ५७ औँ वार्षिकोत्सव मनाएको छ।

स्थापना कालदेखि नै विश्वसनीय अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डको रूपमा स्थापित हुन्डाईले विश्वभरका ग्राहकहरूको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै उन्नत, भरपर्दो र दिगो मोबिलिटी समाधानहरू निरन्तर रूपमा उपलब्ध गराउँदै आएको छ।

हुन्डाई स्मार्ट, सुरक्षित तथा जिम्मेवार मोबिलिटी विकासप्रति प्रतिबद्ध रहँदै आएको कम्पनी हो। ५७ वर्षे यात्राको यो महत्वपूर्ण उपलब्धि मनाउँदै कम्पनीले विश्वभर अझ उत्कृष्ट मोबिलिटी अनुभव प्रदान गर्ने लक्ष्यसहित भविष्यतर्फ अघि बढ्ने दृढ संकल्प दोहोर्‍याएको जनाएको छ। ‘प्रोग्रेस फर ह्युम्यानिटी’ भन्ने विश्वव्यापी दृष्टिकोणअनुसार हुन्डाईले प्रविधि, दिगोपन र मानव–केन्द्रित नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै आएको छ।

सन् १९६७ मा स्थापना भएको हुन्डाई मोटर कम्पनी हाल २०० भन्दा बढी देशमा सञ्चालनमा रहेको एक अग्रणी विश्वव्यापी अटोमोबाइल ब्रान्ड हो, जसले विभिन्न प्रकारका सवारीसाधन र मोबिलिटी समाधानहरू प्रदान गर्दै आएको छ।

नेपालमा हुन्डाईको आधिकारिक वितरकका रूपमा फेब्रुअरी २००९ देखि लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. कार्यरत छ। वितरक बनेयता कम्पनीले हुन्डाई सवारीसाधनको आयात, बिक्री र सेवामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।