शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नोबेल मेडिकल कलेजको छतबाट खसेर इन्टर्न डाक्टरको मृत्यु

आइतबार, पुष ६ २०८२

काठमाडौँ । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनको छतबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ।

आइतबार बिहान करिब साढे ६ बजेतिर नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खस्दा ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो। सप्तरीको राजविराज नगरपालिका–९, जगदरी घर भएका यादव सोही मेडिकल कलेजका एमबीबीएस इन्टर्न डाक्टर थिए।

पाँचौँ तलाबाट तल भुइँमा खस्दा टाउकोमा गम्भीर चोट लागेका यादवलाई तत्कालै सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। तर, उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिनुभयो।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।