शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मधेश प्रदेशमा सभामुखका लागि निर्वाचन हुँदै

आइतबार, पुष ६ २०८२

काठमाडौँ  । मधेश प्रदेश सभामुख पदका लागि निर्वाचन हुने भएको छ।  शनिबार  मधेश प्रदेश सभामा सातदलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका रामआशिष यादवले उम्मेदवारी दर्ता गराए। यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्रिलोकी प्रसादलाई सभामुख पदका उम्मेदवार बनाएको छ।

पदअनुकूल आचरण नगरेको आरोपसहित सातदलीय गठबन्धनले दुई तिहाइ बहुमतका आधारमा यसअघिका सभामुख रामचन्द्र मण्डललाई मंसिर ३ गते पदबाट हटाएपछि नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाइएको हो।

निर्वाचन कार्यतालिकाअनुसार आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुखको निर्वाचन हुने कार्यसूची तय गरिएको छ।