जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभामा विश्वासको मत लिन लागेका छन्। मुख्यमन्त्री यादवले आज दिउँसो ४ बजे प्रदेश सभाको बैठकमा आफ्नो विश्वासको मत प्रस्तुत गर्ने भएका छन्।
मंसिर १९ गते यादवलाई नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहेर ७ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो। उनी नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखद्वारा नियुक्त भएका थिए।
संवैधानिक प्रावधानअनुसार नियुक्तिपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भएकाले मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन्।
उनलाई जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीले समर्थन गर्दै आएको छ।