शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

उच्च अदालतको आदेशप्रति रास्वपाको सम्मान, ‘प्रतिशोध लामो समय टिक्दैन’

शुक्रबार, पुष ४ २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी ठगी मुद्दामा सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालतले दिएको आदेशको सम्मान गर्दै प्रतिशोध लामो समय नटिक्ने उदाहरण यसले स्थापित गरेको जनाएको छ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले  यसअघिका सरकारले अदालती प्रक्रियामा दबाब सिर्जना गरी प्रतिशोध साँध्ने प्रयास गरेको आरोप लगाउँदै अहिले अदालत त्यसबाट मुक्त भएको टिप्पणी गरे।

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सभापति लामिछानेलाई बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा छाड्न आदेश दिएपछि प्रतिक्रिया दिँदै बुर्लाकोटीले अदालतले प्रतिशोध खारेज गर्दै न्यायको पक्षमा निर्णय गरेको बताए।

उनले भने, “यो आदेशले अदालत न्यायको पक्षमा दृढ छ भन्ने विश्वास कायम गरेको छ। हिजो अदालत सरकारी दबाब र प्रतिशोधका आधारमा चलाइएको थियो, अहिले त्यो अवस्थाबाट मुक्त भएको छ। प्रतिशोध लामो समय चल्दैन भन्ने कुरा प्रस्ट भएको छ।”