शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले महासचिवमा शंकर पोखरेल विजयी

बिहिबार, पुष ३ २०८२

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै ओलीले तेस्रोपटक पार्टी अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्।

मतपरिणाम अनुसार ओलीले १,६६३ मत प्राप्त गर्दा पोखरेल ५६४ मतमा सीमित भए। दुवैबीच १,०९९ मतको फरक रहेको छ।

त्यसैगरी, महासचिव पदमा शंकर पोखरेल विजयी भएका छन्। औपचारिक घोषणा हुन बाँकी रहे पनि अन्तिम परिणाम अनुसार पोखरेलले १,२२८ मत ल्याउँदा प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत प्राप्त गरेका छन्।