शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले महाधिवेशन: ५० प्रतिशत मतगणना सकियो, कसले कति मत पाए ?

बिहिबार, पुष ३ २०८२

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणनामा करिब ५० प्रतिशत मत गणना सकिएको छ। हालसम्म १ हजार १३९ मत गणना हुँदा अध्यक्ष पदमा केपी शर्मा ओली स्पष्ट अग्रतामा देखिएका छन्।

प्रारम्भिक नतिजाअनुसार अध्यक्षमा ओलीले ८४३ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मत पाएका छन्।

महासचिव पदमा पनि ओली प्यानलका उम्मेदवार शंकर पोखरेलले अग्रता बनाइरहेका छन्। उनले ६१३ मत प्राप्त गर्दा सुरेन्द्रप्रसाद पाण्डेले ५२६ मत ल्याएका छन्।

यसअघि सुरुवाती चरणको मतगणनामा पनि अध्यक्षमा ओलीले ३३३ मत ल्याएर अग्रता बनाएका थिए भने ईश्वर पोखरेलले ११० मत प्राप्त गरेका थिए। महासचिवतर्फ शंकर पोखरेलले २४९ र सुरेन्द्र पाण्डेले १९४ मत पाएका थिए।

उपाध्यक्ष

पृथ्वी सुब्बा गुरूङ
९००

विष्णुप्रसाद पौडेल
८४६

राम बहादुर थापा
७१४

गोकर्णराज विष्ट
७१३

रघुजी पन्त
६१७

गुरू प्रसाद बराल
५८५

डा. विन्दा पाण्डे
४७४

परशुराम मेघी गुरूङ
२३४

अरूण नेपाल
२२३

टंक कार्की
१८६

भिमप्रसाद आचार्य
१४३

अन्य पदाधिकारीतर्फ उपमहासचिव र सचिव पदमा समेत ओली प्यानलका उम्मेदवारहरू अगाडि देखिएका छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।