शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रवि लामिछानेको राहदानी दुरुपयोग मुद्दामा आज सर्वोच्चमा सुनुवाइ

बुधबार, पुष २ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो। महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय कानुनविपरीत भएको दाबी गर्दै पौडेलले रिट दायर गरेका थिए।

महान्यायाधिवक्ता कार्यालयले २०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी प्रकरणमा मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो। त्यसअघि प्रहरी र सरकारी वकिल कार्यालयले समेत सोही विषयमा मुद्दा नचलाउने निर्णय गरिसकेका थिए।

रिट निवेदनमा लामिछानेले राहदानी कुन–कुन समयमा र के–कुन प्रयोजनका लागि प्रयोग गरेका थिए भन्ने विवरण अध्यागमन विभागबाट झिक्न माग गरिएको छ। साथै, दोहोरो नागरिकता सम्बन्धी विषयमा अन्तिम टुंगो नलागेसम्म लामिछानेलाई नेपाली नागरिकका रूपमा राजनीतिक अधिकार प्रयोग गर्न नदिन निर्वाचन आयोगलगायत विपक्षी निकायका नाममा अन्तरिम आदेश जारी गर्न पनि माग गरिएको छ।