काठमाडौँ । नेकपा (एमाले) का निवर्तमान महासचिव तथा महासचिव पदका उम्मेदवार शंकर पोखरेलले पार्टी, आन्दोलन र राष्ट्रको रक्षा सबैको साझा कार्यभार भएको बताएका छन् ।
११औँ राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरूलाई लक्षित गर्दै उनले, “पार्टी, आन्दोलन र राष्ट्रको रक्षा हामी सबैको कार्यभार हो,” भन्दै संगठनात्मक एकता र सामूहिक प्रयत्नको आवश्यकता औँल्याएका हुन् ।
पोखरेलले पार्टीभित्र एकताबद्ध भएर अघि बढे मात्र चुनौतीपूर्ण राजनीतिक परिस्थितिको सामना गर्न सकिने धारणा व्यक्त गरेका छन् ।
महाधिवेशनको नेतृत्व चयनको निर्णायक घडीमा महासचिव उम्मेदवार पोखरेलले लेखेका छन्, “हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ,” भन्ने सन्देशमार्फत उनले संगठनात्मक एकता, अनुशासन र सामूहिक विजयप्रति विश्वास व्यक्त गरेका छन् ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सर्वसम्मतिको प्रयास सफल नभएपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गर्न लागिएको हो। महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुने तय भएको छ ।