काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको उम्मेदवारी मनोनयनको अन्तिम नामावली सार्वजनिक गरिएको छ ।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीअनुसार अध्यक्ष पदमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।
यसैगरी, पाँच उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । एक महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन् ।
तीन उपमहासचिव पदका लागि सात जनाको उम्मेदवारी दर्ता भएको छ भने नौ सचिव पदका लागि २० जनाले उम्मेदवारी दिएका छन् ।
यस्तो छ अन्तिम नामावली