शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सबैलाई समेट्दै देश सम्हाल्न काँग्रेस अग्रसर हुनुपर्छ : महामन्त्री थापा

सोमबार, मंसिर २९ २०८२

ललितपुर । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सबैलाई समेटेर अघि बढ्न जरुरी रहेको बताएका छन्। सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनले काँग्रेसमाथि फेरि एकपटक इतिहासले महत्वपूर्ण जिम्मेवारी सुम्पिएको र देशलाई द्वन्द्वबाट बाहिर निकाल्न आवश्यक रहेको बताए।

महामन्त्री थापाका अनुसार देशलाई सम्हाल्ने जिम्मेवारी काँग्रेसमाथि आएको हुँदा पार्टीका सदस्यले छाती फराकिलो बनाएर, शिर उच्च राखेर गर्वका साथ भएका कमजोरी स्वीकार गर्दै समुदाय र नागरिकबीचमा पुग्नुपर्नेछ। उनले भने, “ठिक ढंगले काम गर्न सके निर्वाचन आफैँ जितिनेछ। मतदाताले आफैं हामीलाई पछ्याउँछन्, भोट माग्न जानुपर्ने अवस्था आउँदैन। हामी भोटलाई पछ्याउन गएर भोट आउँदैन। मतले हामीलाई पछ्याउन सक्ने बनाउनु पर्छ।”

महामन्त्री थापाले नेकपा एमालेप्रति लक्षित गर्दै भीड उकास्ने वा उचाल्ने चरित्र नेपाली काँग्रेसमा नभएको पनि उल्लेख गरे। उनले भदौ २३ र २४ गतेका घटनाहरूको अनुसन्धान हुने र आवश्यक कारबाही हुने जानकारी दिए। नागरिकमा रहेको आक्रोश र असन्तुष्टिलाई शान्त पार्ने जिम्मेवारी काँग्रेसको भएको उनले जोड दिए।