काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आइतबार भृकुटीमण्डपमा सुरु भएको छ। बैठक महाधिवेशनको बन्दसत्रअघि आयोजित गरिएको हो।
बैठकमा पार्टीको विधान संशोधनका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी पार्टी स्रोतले दिएका छन्।
महाधिवेशनको बन्दसत्र भने केन्द्रीय कमिटी बैठकपछि दिउँसो १ बजेबाट सञ्चालन हुने बताइएको छ।
प्रारम्भिक रूपमा बिहानै बन्दसत्र सुरु गर्ने तयारी भए पनि केन्द्रीय कमिटी बैठक राखिएका कारण कार्यक्रम सरेको हो।