पाल्पा । शुक्रबार बिहान पाल्पामा फोर्स मिनीबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। अरुणखोलाबाट रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको फोर्स गाडी निस्दी गाउँपालिका–४, चिउरीबासमा दुर्घटना भएको हो।
दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कुशल सिंह ठकुरीले जानकारी दिए।
प्रहरीका अनुसार गाडी सडकको घुम्तीनजिकै झण्डै ५०० मिटर तल खोल्सामा खसेको थियो। मृतकको पहिचान अहिलेसम्म खुल्न सकेको छैन। उद्धारकार्य जारी रहेको ठकुरीले जानकारी दिए ।