शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेस नेता चन्द्र भण्डारीले राखे सभापतिमा उठ्ने आकाङ्क्षा

बुधबार, मंसिर २४ २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्ने आफ्नो स्पष्ट आकाङ्क्षा सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत अभिव्यक्ति दिँदै भण्डारीले देश, जनता, प्रजातन्त्र र संगठनको आवश्यकताअनुसार उभिन तयार रहेको उल्लेख गरेका छन्।

भण्डारीले पार्टीभित्र उत्पन्न जिज्ञासालाई सम्बोधन गर्दै लेखेका छन्, “नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकाङ्क्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित। तर देश, जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म—जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु।”

उनको यस अभिव्यक्तिलाई महाधिवेशनपूर्व कांग्रेसभित्र सुरु भएको नेतृत्व प्रतिस्पर्धाको संकेतका रूपमा हेरिएको छ।