शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिको भर्चुअल बैठक

बुधबार, मंसिर २४ २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यता केन्द्रीय व्यवस्थापन समितिको बैठक आज बस्दैछ।

१५औं महाधिवेशनको तयारीका क्रममा हुँदै आएको यो बैठक भर्चुअल माध्यम जुम मार्फत बिहान ८ बजेबाट सुरु हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

बैठकमा कांग्रेसका ७७ जिल्ला सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीद्वयको सहभागिता रहनेछ।

बैठकको एजेन्डामा क्रियाशील सदस्यता नवीकरण प्रक्रिया र नयाँ सदस्यता वितरणसम्बन्धी महत्वपूर्ण छलफल हुने बताइएको छ।