शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मुलुकको आर्थिक समुन्नतिको बाटोमा डोहोर्‍याउने अभियानमा गोलवद्ध हुन मेयर साम्पाङको आह्वान

सोमबार, मंसिर २२ २०८२

काठमाडौं । युवाहरुलाई मुलुकको आर्थिक समुन्नतिको बाटोमा डोहोर्‍याउने अभियानमा गोलवद्ध हुन श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आह्वान गरेका छन् ।

सोमवार पार्टीले काठमाडौंको सिफल चौरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले क्रान्तीकारी विकास आजको आवश्यकता भएको बताए । आफ्नो पार्टीले विदेशी ऋणको भरमा बाटो र पुल बनाउने कुरा नगर्ने उल्लेख गदै उनले श्रमदानमार्फत मुलुकलाई विकास र समृद्धिको दिशामा लैजाने कुरामा प्रतिबद्ध रहेको पनि बताए

उनले पुराना राजनीतिक दलहरुले विकास गर्छन भन्दै पर्खिने स्थिति नरहेको पनि बताए । उनले पुराना राजनीतिक दलहरुले मुलुक र जनताको हितमा काम गर्न नसकेको टिप्पणी गर्दै अगामी निर्वाचनमा श्रम संस्कृति पार्टीमा जोडिन सबैलाई आह्वान समेत गरे ।