धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई शपथ गराएका हुन्।
यादवले यही मङ्सिर २४ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनको बैठकले विश्वासको मतका लागि अघि बढ्ने निर्णय गरेको जसपा नेपालका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिए।
नेपाली कांग्रेसबाट मङ्सिर १९ गते मुख्यमन्त्रीमा नियुक्त भएका यादवले आजै मन्त्रिमण्डल गठन गर्ने तयारी समेत गरेका छन्।