काठमाडौँ । सरकारले प्रेस काउन्सिल नेपालका अध्यक्षमा डा. कुमार शर्मा आचार्यलाई मनोनीत गरेको छ।
साेमबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यको मनोनयनसँगै बैकुण्ठ प्रसाद अर्याललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए।
त्यसैगरी, बैठकले कार्बन व्यापार नियमावली–२०८२ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।