शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जंगी अड्डामा निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिन गइन् प्रधानमन्त्री कार्की

शुक्रबार, मंसिर १२ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिन सोमवार नेपाली सेनाको मुख्यालय जंगी अड्डा गएकी छिन् ।

जंगी अड्डामा आयोजित बैठकमा प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् गठित सरकारले मुलुकमा शान्ति–सुरक्षा कायम राखेर फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय जिम्मेवारी रहेको उल्लेख गरिन्। उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सैनिक अधिकारीहरूलाई आवश्यक निर्देशन दिइन् ।

प्रधानमन्त्री कार्कीले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन, प्रहरी कारबाहीलाई सहजीकरण एवं सुरक्षित बनाउन तथा सबै राजनीतिक दलका गतिविधि बिना अवरोध सञ्चालन हुने वातावरण तयार गर्न स्पष्ट कार्ययोजना सहित अघि बढ्न पनि आग्रह गरिन् ।