शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले ११औँ राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीमा, १२ समितिले प्रगति विवरण प्रस्तुत

बुधबार, मंसिर १० २०८२

काठमाडौँ । नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीको चरणमा प्रवेश गरेको जनाएको छ।

बुधवार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको महाधिवेशन सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार बैठकमा महाधिवेशन तयारीका लागि गठन भएका १२ वटा समितिले आफ्नो क्षेत्राधिकारभित्र सम्पन्न भएका काम र बाँकी कार्यहरूको प्रगति विवरण प्रस्तुत गरेका छन्। पार्टीले महाधिवेशनमा प्रस्तुत गर्ने लोगोको अन्तिम रुप दिने तयारी भइरहेको र महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ तय गरिएको छ।

गौतमले भने, “महाधिवेशनको तयारी अन्तिम चरणमा छ। सबै समितिले तोकिएको कार्यक्षेत्रभित्र के–के काम सम्पन्न गरियो र कहाँ थप काम बाँकी छ भन्ने विवरण पेश गरेका छन्। पार्टीले संवैधानिक हिसाबले अद्यावधिक गर्न निर्वाचन आयोगमा दल दर्ता गरेको छ। यो नियमित प्रक्रिया हो। हाम्रो पार्टी संसद पुनःस्थापनाको पक्षमा छ र संवैधानिक संशोधनका लागि निवेदन दिइसकिएको छ।”

उनले सरकार शान्ति सुरक्षा र निर्वाचन वातावरणमा संवेदनशील नभएको भन्दै, निर्वाचन सम्पन्न गर्न शान्ति सुरक्षाको वातावरण बनाउन आवश्यक रहेको पनि उल्लेख गरे।