शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

आज कोशीका हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना

सोमबार, मंसिर ८ २०८२

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सामान्यतया सफैँ रहने विभागले जानकारी दिएको छ। साथै कोशी प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

त्यस्तै, आज राति पनि कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।