शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले नेता बस्नेत सवार गाडीमा बेलुनमा पानी भरेर प्रहार, दुई जना पक्राउ

आइतबार, मंसिर ७ २०८२

विराटनगर । नेकपा (एमाले) का नेता महेश बस्नेतको गाडीमा केही युवाले बेलुनमा पानी भरेर प्रहार गरेका छन्।

सुनसरीको कार्यक्रममा सहभागी हुन विराटनगर आएका बस्नेतलाई एयरपोर्ट गेटबाट निस्कँदै गर्दा केही युवाले रातो रंग मिलाएको पानी भरेको बेलुन प्रहार गरेको युवा संघका नेता अरुण गुरुङले जानकारी दिए। उनीहरूले बस्नेतविरुद्ध नाराबाजी समेत गरेका थिए।

उक्त घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको मोरङ डीएसपी कोपिला चुडालले जानकारी दिइन्।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–२ का १९ वर्षीय अर्पित कुँवर र वडा नं १ का २५ वर्षीय सञ्जोग गौतम रहेका छन्।

बस्नेत अहिले इटहरीमा आयोजना गरिएको युवा संघको जनजागरण अभियानमा भाग लिन काठमाडौंबाट बिहान नै पुगेका हुन्। घटना पश्चात सुरक्षा व्यवस्था कडा गरिएको छ।