शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सुदन गुरुङले सिमरास्थित आफ्नो घरमा गएर धाकधम्की र ज्यानमाथि दागा धरेको एमाले नेता श्रेष्ठको आरोप

आइतबार, मंसिर ७ २०८२

सिमरा । जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङसहितका व्यक्तिबाट आफ्नै घर पुनः जलाउने धम्की आएको भन्दै विघटित प्रतिनिधिसभाका सदस्य तथा नेकपा एमालेका नेता किसान श्रेष्ठले कडा आपत्ति जनाएका छन्।

श्रेष्ठका अनुसार उनी पार्टीको कामका सिलसिलामा काठमाडौंमा रहेका बेला शनिबार सिमरा, औराहा स्थित उनको घरमा पुनर्निर्माणमा जुटिरहेका कामदारलाई सुदन गुरुङले पहुँच बनाएर धम्क्याएका थिए।

विज्ञप्ति जारी गर्दै उनले भने, “लुटपाट र गुण्डागर्दी शैलीमा सुदन गुरुङ भन्ने व्यक्ति प्रवेश गरी २४ गते जलाइएका घर पुनर्निर्माणमा लागिरहेका मेरा कर्मचारी र कामदारलाई धम्क्याउने, ‘घर फेरि जलाइदिन्छु’ भन्दै ‘तेरो नेतालाई जे पनि हुन सक्छ’ भन्ने प्रकारका धम्की दिएको घटनाको घोर भर्त्सना गर्दछु।”

नेता श्रेष्ठले जेन–जीका नाममा फैलिएको आतंक रोकी नागरिकलाई शान्ति–सुरक्षाको प्रत्याभूति दिन सरकारसँग माग गरेका छन्। साथै, सिमरामा मंसिर ३ र ४ गतेका झडप तथा प्रदर्शनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।