काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको छ।
भदौ २३–२४ को जेन–जी आन्दोलनपछि च्यासलस्थित कार्यालयमा बस्दै गरेको यो पहिलो सचिवालय बैठक हो। त्यसअघि बैठकहरू अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमै बस्दै आएका थिए।
बैठकमा सरकारका हालका गतिविधि, आगामी महाधिवेशनका तयारी तथा समसामयिक राजनीतिक विषयमा विस्तृत छलफल भइरहेको बताइएको छ। एमालेले अघि बढाएको संसद् पुनःस्थापनाको प्रस्तावबारे पनि आजको बैठकमा विशेष बहस हुने अनुमान छ।
बारामा एमाले नेताहरूलाई प्रवेश गर्न अवरोध भएको घटनालाई पनि बैठकले गम्भीरतापूर्वक लिएका कारण त्यसबारे पार्टीको आधिकारिक धारणा निर्माण गर्ने तयारी गरिएको स्रोतले बताएको छ।