बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइ आज स्थगित भएको छ।
बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको थियो।
तर, रवि लामिछानेको मुद्दा पाटन उच्च अदालतमा पनि दायर भएकाले, उनका कानून व्यवसायीहरूले बुटवल इजलासमा सुनुवाइ स्थगित गरिदिन निवेदन गरेका थिए। अदालतले उक्त निवेदन स्वीकार गर्दै आजको सुनुवाइ स्थगित भएको उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।