काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको र बाँकी अधिकांश क्षेत्रमा मौसम सफा देखिएको विभागले जनाएको छ ।
दिउँसोको अवस्थाबारे विभागले पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने र कोशी तथा गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको जानकारी दिएको छ ।
आज रातिको मौसममा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रहने र अन्य भू-भागमा मौसम मुख्यतः सफा रहने विभागले जनाएको छ ।
आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहने छ । आज बिहान ५ः४५ बजे यहाँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको थियो ।