शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जेनजीको नाममा बाराको सिमरा विमानस्थल घेराउ, यात्रुहरू असन्तुष्ट

बुधबार, मंसिर ३ २०८२

बारा . जेनजी आन्दोलनको नाममा बाराको सिमरा विमानस्थल घेराउ गरिएको छ। यस घटना स्थायी कमिटी सदस्य एवं युवा संघका इन्चार्ज महेश बस्नेत बाराको एक कार्यक्रममा उपस्थित हुने क्रममा भएको हो।

विमानस्थलमा एमालेका नेताहरू अच्यूत मैनाली, किसान श्रेष्ठ र ज्वालाकुमारी साह उपस्थित थिए। नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडा सुरक्षा व्यवस्था गरेका थिए। घटनापछि विमानमा सवार सबै यात्रुहरूलाई पुनः ओरालेर यात्रु कक्षमा बस्न निर्देशन दिइएको थियो। लामो समय विमानस्थलमा बस्दा यात्रुहरूमा असन्तोष र तनाव देखिएको थियो।

विमानस्थल प्रशासनका अनुसार राजनीतिक नेताहरूको उपस्थितिका कारण सुरक्षा जोखिम मूल्यांकन गरी विमान होल्ड गरिएको हो। तथापि, यात्रुहरूको असुविधा र त्रासका कारण सामान्य नागरिकबाट यस घटनाको कडा आलोचना भइरहेको छ।